TRENDING

आइपीओ जारी गर्दै भायानेट

काठमाडौं । इन्टरनेट र टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले छिट्टै आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखिसकेको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेटले सन् २०११ मा नेपालमै पहिलो पटक फाइबर–टू–द–होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको थियो । त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपिटिभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको छ ।

उपत्यका र सहर क्षेत्रमा बलियो रूपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ । हाल देशका ३० सहरमा विस्तारित भइसकेको कम्पनीले आगामी दिनहरूमा अझ धेरै शहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ ।