TRENDING

मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं। गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिइएको छ।

पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले ३५ दिन भित्र हटाउन निर्देशन दिएको हो। कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन भनेको छ।

३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही गरिने कोषले सूचना निकालेर चेतावनी दिएको छ।