TRENDING

सेनामा जागिरको अवसर : २९९ जना सहायक सेनानीको माग

काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) का लागि दरखास्त आह्वान गरिएको छ । शुक्रवार एक सुचना जारी गर्दै नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले नेपाली सेनामा रिक्त २९९ जना सहायक सेनानी माग गरिएको हो । रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ । तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ । दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ।

हेर्नुहोस् सूचना