TRENDING

मुख्यमन्त्री पाण्डेद्वारा ठुलोभर्याङ यातायात कार्यालयमा अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात व्यवस्था सेवा कार्यालय ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ ।

यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि आज मुख्यमन्त्री पाण्डे ठुलो भर्याङस्थित यातायात कार्यालय पुग्नुभएको हो । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै व्यस्त थिए ।

कार्यालयको अनुगमनमा आउनुभएका मुख्यमन्त्री पाण्डेलाइ कार्यालय प्रमुख थापाले कार्यालयवाट हुने सेवाप्रवाहको बारेमा बताएका थिए । यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापासामु मुख्यमन्त्री पाण्डेले  निर्देशन समेत दिनुभएको छ ।

पाण्डेले कार्यालय व्यवस्थापन र त्यहाँबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गर्नुभएको थियो ।