TRENDING

हेटौँडा बजार क्षेत्रको सडक १६–१६ मिटर फराकिलो बनाउने

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा बजार क्षेत्रमा पर्ने मुख्य सडक पूर्वपश्चिम राजमागको दायाँबाँया १६/१६ मिटर विस्तार गर्ने भएको छ । मंगलवार (आज) मुख्यमन्त्रि कार्यलयमा पत्रकार सम्मेलन गर्दै हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँरबाँया १६/१६ मिटर मात्रै विस्तार गर्ने विषयमा प्रधानमन्त्रि शेरबहादुर देउवा पनि पोजेटिभ रहेको बताए । २५/२५ मिटर विस्तार गर्ने भन्दा यहाँका स्थानीयले क्षतिपूर्ति माग्ने, मुआब्जा माग्ने, अदालतमा जाने समस्या भयो। हेटौंडामा सडक विस्तार वर्षौंदेखिको प्रयास रहेछ । १६/१६ मिटर मात्रै विस्तार गर्दा क्षतिपूर्ति पनि दिनुनपर्ने अनि स्थानीय आफैंले सो क्षेत्रभित्र पर्ने आफ्ना घर टहरा हटाइदिने प्रतिवद्धता प्राप्त भएको छ ।मुख्यमन्त्री पाण्डेले भने।

संघ सरकारले बजार क्षेत्रको सडकलाई राजमार्गको सूचीबाट हटाउनुपर्ने उनले बताए। बजार साँघुरो छ। त्यसलाई विस्तार गर्नुपर्छ। राजमार्गको बजार क्षेत्रमा रहेको सडकलाई शहरी मार्ग बनाएर राजमार्गलाई बैकल्पिक स्थानबाट लैजाने वातावरण बनाउनुपर्छ । पाण्डेले भने। उनले त्यसका लागि संघ सरकारसँग पहल भइरहेको बताए। चौकीटोल, राप्तीबगर हुँदै चुरियामाई निकाल्ने वाइपास सडक निर्माण गर्ने र बजार क्षेत्रको सडकको दायाँरबायाँ १६/१६ मिटर चौडा गर्ने गरी प्रदेश सरकारले प्रक्रिया अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताए ।

२०७४ पुसमा बजार क्षेत्रका केही घर भत्काएपछि सडक विस्तार रोकिएको थियो । तत्कालीन क्षेत्रीय प्रशासक बिनोद केसीको अग्रसरतामा २०७३ सालमा हेटौंडा सडकको दायाँरबायाँ २५/२५ मिटर सडक विस्तारको काम थालिएको थियो । स्थानीयको आन्दोलन र सडक सीमाभित्र पर्ने घरधनीले मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले तत्काल सडक विस्तार कार्य अगाडि नबढाउन आदेश दिएसँगै सडक विस्तार कार्य रोकिएको हो ।