TRENDING

फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने

काठमाडौं । फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । बुधवार यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी (दसैंको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो । दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।

आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सर्वाजनिक गाडीहरुको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।
दसैंको सार्वजनिक यातायात, सडक सुरक्षा, अनलाइन टिकट बुकिङ, कोरोना सुरक्षा लगायतका सन्दर्भमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, सुरक्षा निकाय लगायत सरोकारवाला व्यक्तित्वहरुसँग मंगलबार ९ बुँदे सहमति भएको छ ।