

काठमाडौं। गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक भएको छ ।सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । लामा लाई ‘डाँडापारी’बोलको गीतबाट साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिलेको थियो । गायक लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ, मुसुक्क नेमा, हुलाकी दाई, हुक्का,भुल भए माफ गर, मार्फाको स्याउ, हलक्क
मैच्याङ, बुट्टे रुमाल, म्हेन्दोमाया गीत ‘टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन ।
गीतलाई एच.बी सुनारले रचना र संगीत गरेका हुन भने शाहस शाक्यले संगीत संयोजन गरेका हुन । गायक रन्जित लामाको स्वर रहेको उक्त गीतमा फिमेल भोकलमा मन्जु उपाशना बिकले साथ दिएका छन । गीतलाई प्रकाश मिश्रले ध्वनी
सम्पादन गरेका हुन भने अकोस्टिक नेपाल स्टुडियोमा गीत रेकर्ड गरेका हुन । भिडियोमा गायक लामा पहिलोपटक देखिएका हुन । उनीसँगै मोडल स्मारिका, ढकाललाई देख्न सकिन्छ । देवराज गुरुङले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोलाई प्रेम लामाले छायांकन र निर्देशन गरेका हुन ।
भिडियोबाट थप समाचार
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक
नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’
‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै
मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७