TRENDING

मकवानपुरमा एक वर्षमा छ हजारले लिए राहदानी

हेटौंडा।  मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कार्यालयले विभागबाट बनाउने गरी छ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने चार हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा चार हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा दुई हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।