TRENDING

काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदो निस्किएको पुष्टि

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदो निस्किएको छ । स्थानीयका अनुसार मंगलबार (आज) बिहान करिव १० बजे बोरिङ खन्ने क्रममा पाइप राख्दा ग्याससहितको लेदो निस्किएको जनाइएको छ । लेदो मिसिएको ग्यास निस्किँदा वरपरका घरका बासिन्दा प्रभावित भएका छन । जमिनबाट ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका थिए । विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो । २८५ मिटर खन्नुपर्नेमा ३३० फिट बोरिङ खनेका कारण ग्यास निस्केको अनुमान गरिएको छ ।