TRENDING

‘सक्कली’ सवारीधनी भेटिए

काठमाडौं । काठमाडौंको सडकमा एकै नम्बर प्लेटका दुईवटा मोटरसाइकल बुधबार भेटिएपछि कुन सक्कली भन्ने कौतहलता सबैलाई लागेको हुनुपर्छ । अब त्यो कौहुलता मेटिएको छ । तस्बिरको दायाँपट्टी देखिएका पल्सर मोटरसाइकलवाला सक्कली सवारीधनी भएको तथ्य बाहिरिएको छ । हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल रहेको तथ्य बाहिरिएको हो । सत्यालले सो मोटरसाइकल आफ्नो भएको दाबी गर्दै कागजपत्रसमेत सामाजिक सञ्जालमा राखेका छन् ।

आफ्नो नम्बरको अर्को मोटरसाइकल भेटिएपछि सत्याल प्रहरीको सम्पर्कमा गएका थिए । अर्का व्यक्ति भने फरार छन् । बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल गौशालाको जाममा भेटिएका थिए ।

एउटै नम्बरका दुई मोटरसाइकल जाममा परेपछि कसैले तस्बिर खिचेर सामाजिक सञ्जालमा हालेपछि त्यो भाइरल भएको थियो ।