TRENDING

भर्खरै : बालुवाटारको एक भवनमा आगलागी, महानगरको दमकलले काम गरेन

काठमाडौं । काठमाडौं स्थित बालुवाटारको एक भवनमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र त्यसले र्पुयाएको क्षतिको थप विवरण आउन बाँकी छ ।