TRENDING

अपाच्य र सामाजिक सद्भावमा खलल पुर्‍याउने तीज गीत सार्वजनिक नगर्न आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले द्विअर्थी र अपाच्य किसिमको शब्द प्रयोग नगर्न आग्रह गरेको छ । २०७९ को तीजको अवसरमा सार्वजनिक हुने ती गीतमा सामाजिक सद्भावमा खलल र्पुयाउने खालका गीत सार्वजनिक गरिएमा प्रतिष्ठानले सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने विज्ञप्तिमार्फत जनाएको छ ।

‘संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाटसमेत वञ्चित गरिनेछ’, प्रतिष्ठानका अध्यक्ष रमेश बीजीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अघिल्ला वर्षहरूमा सार्वजनिक भएका तीज गीत मौलिकताको नाममा छाडा हुँदै गएको भन्दै प्रतिष्ठानले त्यस्तो नगर्न आग्रह गरेको हो। तीजका गीतमार्फत बढ्दो विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले अनुरोध गरेको छ ।

‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल र्पुयाउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्नरनगराउन आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ति