TRENDING

पत्रकार एडीको निधनपश्चात् सिटीजन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यू दाबी भुक्तानी

काठमाडौं । परिवारको मियो बनेर बसेका घर मुलीको निधनले शोकमा डुबेको एक परिवारमा जीवन बिमाले केहि हदसम्म राहत मिलेको छ । जनको क्षति अपुरणीय छ , तथापी सो पश्चात् परिवारमा आउने आर्थिक क्षतिलाई पूर्ति गर्न जीवन बिमाले ठुलो भुमिका खेलेको छ भन्ने निकै उदाहरणहरु छन् ।

हुम्ला घर भई तार्केश्वर काठमाडौं बस्दै आएका पत्रकार नन्दबहादुर एडीको निधनपश्चात् सिटीजन लाईफ इन्स्योरेन्स कम्पनीले नीजको परिवारलाई मृत्यूदाबी भुक्तानी गरेको छ । सोही कम्पनिमा एजेन्सी म्यानेजर समेत रहेका एडिले २ वर्ष अगाडी ५ लाखको शुभारम्भ जीबन बिमा योजना खरिद गर्नुभएको थियो । साथै उहाँले छोरीको नाममा समेत १ लाखको बिमा पोलिसी खरिद गर्नुभएको बताइएको छ । असामयिक निधन भएका एडिको परिवारलाई कम्पनिले हाल ७ लाख १० हजार रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।

साथै नीजकी छोरी खुशी एडिको नाममा १ लाखको बाल भविष्य बिमा योजना खरिद गरिएकोमा बिमा अवधि सम्मका सम्पुर्ण किस्ता कम्पनिले नै जम्मा गरिदिनुका साथै खुशीका नाममा मासिक १ हजार प्रदान गरिने शाखा प्रमुख मनिषा तामांगले बताउनुभयो ।

एडिको बिमा अवधि समाप्ति पश्चात् पुन ५ लाख दुई गुणा बिमांक बापत र खुशीको बिमा अवधि समाप्ति पश्चात् १ लाखका साथै बोनस रकम पुन कम्पनीले प्रदान गर्ने सिटीजन लाईफ इन्स्योरेन्स कम्पनिका एरिया म्यानेजर विष्णुप्रसाद सापकोटाले बताउनुभयो ।

citizen life insurance