TRENDING

कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि अध्ययन सुरु

कालीकोट । कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् ।

पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, सान्नी त्रिवेणी गाAउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलगायतको टोलीले चार किलोमिटर ¥याफ्टिङ गरेर अध्ययन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनुभयो ।

कर्णाली नदीको बहुप्रयोग योजनाअन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । “यहाँको पर्यटक प्रवद्र्धन र रोजगारी अभिवृद्धिका लागि गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङको सम्भाव्यता अध्ययन सुरु गरेको छ”, उहाँले भन्नुुभयो, “सम्भाव्यता अध्ययन सफल भएको छ । अब छिट्टै नै कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्नेछौँ ।” उहाँले हामी पचालझरना आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौँ भन्दै पचालझरना हेर्न आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने योजना अगाडि सारेको बताउनुभयो ।

कर्णाली नदीमा ¥याफ्टिङको सफल परीक्षण भएको ¥याफ्टिङ पर्यटन व्यवसायीले मनराज सिंम्खडाले बताउनुभयो । “कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाका रुपमा चिनिएको छ । यसको उचाइ ३,८१ मिटर रहेको छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारको ६४औँ र कर्णाली प्रदेश सरकारको ४०औँ पर्यटकीय गन्तव्यकोे सूचीमा यसलाई राखिएको छ ।”

गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालका अनुसार प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न आठ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ । पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा विदेशी पर्यटक न्यून मात्रामा आउने गरेका छन् । पचालझरनामा पर्यटक भित्रियाउनका लागि पूर्वाधार निर्माणका काम जारी रहेको उहाँले बताउनुभयो ।