TRENDING

सिटीजन लाइफ इन्स्योरेन्स प्रतिस्पर्धामा अब्बल साबित, पाँच महिनामा तेस्रो स्थानमा

काठमाडौं । तेस्रो पुस्ताको इन्स्योरेन्स कम्पनिमा गनिने सिटीजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले पहिलो पुस्ताका इन्स्योरेन्स कम्पनिहरुलाई चुनौति दिने गरि प्रतिस्पर्धामा अब्बलता देखाएको छ ।

यस कम्पनिले २०७८ साउन देखि मंसिर मसान्त सम्ममा १ अर्ब ५ करोड ३० लाख ९८ हजार रुपैंया प्रथम बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष नै आक्रामक रुपले प्रतिस्पर्धामा आएको सिटीजन लाइफ इन्स्योरेन्सले छिटै नै नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सलाई समेत पछि पार्दै नम्बर एक हुने लक्षण देखाएको छ ।

यस अवधिको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ प्रथम र नेशनल लाइफ दोस्रोमा देखिएका छन् । उक्त कम्पनिहरुको आर्जन क्रमशः २ अर्ब ९८ करोड र १ अर्ब ८३ करोड ६२ लाख रुपैंया रहेको छ । बीमा समिकिो तथ्यांक अनुसार १९ वटा जीवन बीमा कम्पनिहरुले यस अवधिमा १५ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यस्तै मंसिर महिनामा मात्रै ३ अर्ब १३ करोड बीमाशुल्क आर्जन गरेका छन् ।