TRENDING

महाकाली नदीमा पानीले खतराको सहत नाघ्यो, शारदा ब्यारेज आवागमनमा पूर्ण रोक

काठमाडौं । नेपालका विभिन्न खण्ड विशेष गरी सुदुरपश्चिमका पहाडी जिल्ला र तराईमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । आइतबारदेखिको अबिरल वर्षाको कारण महाकाली नदीमा खतराको सतह नाघेको जनाइएको छ ।

आज बिहान गरिएको मापन अनुसार पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको हो । बिहानको मापनमा महाकाली नदीमा पानीको सतह बढेर ३ लाख ९१ हजार क्युसेक पुगेको छ ।

नदी आसपासका बस्तीमा बाढी पसेका कारण धेरै परिवारहरु प्रभावित भएका छन् । स्थानीय एवं प्रहरीको पहलमा प्रभावितको तथ्यांक संकलन एर्व उद्धारका कार्य भइरहेका छन् भने शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।