TRENDING

गैंडाकोटमा भयो ठुलो दुर्घटना – ३ को मृत्यू , घाइतेहरुको अवस्था यस्तो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ भने अन्य २४ जना घाइते भएका छन् ।

प्राप्त विवरण अनुसार मृत्यू हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

घाइतेहरु २० जनाको चितवनमा उपचार भइरहेको छ ।

आज बिहान करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जानका लागि गुडेको ना ६ ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२- ००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा घाइतेको अवस्था कस्तो छ :

  • झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल -हात र खुट्टामा चोट, सामान्य ।
  • मोरङ विराटनगर महानगरपालिका -३ का २१ वर्षाया पूजा रेग्मी – हात र खुट्टामा चोट (डिष्चार्ज)
  • विराटनगर महानगरपालिका -३ का २१ वर्षीय सरोज पोखरेल -हात र खुट्टामा चोट (डिष्चार्ज)
  • कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, शरीरमा चोट, सामान्य
  • कन्चनपुर भीमदत्त नगरपालिका -१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, सामान्य
  • जुम्लाको तिला गाउँपालिक -४ का २६ वर्षीय चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, सामान्य
  • जुम्लाको तिला गाउँपालिका -४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर
  • बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका -४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
  • रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
  • बर्दिया बाँसगढी नगरपालिका -८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर
  • झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्य
  • कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम
  • ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम
  • सुर्खेत वीरेन्द्रनगर नगरपालिका -४ का ४० वर्षीय रामबहादुर थापा, हात र खुट्टामा चोट, सामान्य
  • हुप्सेकोट -३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु, खुट्टामा चोट, सामान्य
  • हुप्सेकोट – ३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर, टाउकोमा चोट, सामान्य
  • पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली, छाती र पेटमा चोट, सामान्य
  • कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर
  • सुर्खेत वीरेन्द्रनगर नगरपालिका -७ का ४२ वर्षीय मनकुमार थापा, ढाड र छातीमा चोट, मध्यम
  • महोत्तरी बर्दिवास -७ का २३ वर्षीय रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।