TRENDING

सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

काठमाडौं । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने भएका छन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिन लागेका हुन्।

‘नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन। राजीनामा दिने विषयमा छलफल भइरहेको छ,’ मन्त्री गहतराजले भनिन्।

विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए। तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।