TRENDING

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु , पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरका ४० वर्षिय मानसिंह गुरधामीको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेका बेला ट्रकले उनलाई ठक्कर दिएको हो । ट्रक र चालक उदयपुरका ३८ वर्षीय डेकराम खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । जसका कारण सवारीसाधन बीचबाटोमै रोकिएको र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।