TRENDING

काठमाडौं उपत्यकामा फेरी लकडाउन गरिने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर बढ्दै जाँदा फेरी लकडाउन थपिन सक्ने भएको छ ।

आज केहि बेरमा बस्न लागेको प्रमुख जिल्ला अधिकाीहरुको बैठकले होटल रेष्टुरेन्ट सहितका केहि क्षेत्रहरुमा कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिंदै आएकोमा, पछिल्लो पटकको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । यस बिचमा लकडाउन केहि खुकुलो हुँदा संक्रमण निकै बढेको छ ।