TRENDING

एक महिनामै हरियो तरकारीको मूल्य दोब्बर

काठमाडौं । पछिल्ला दिनमा हरियो तरकारीको मूल्य अनपेक्षित रूपमा बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार सुकेको तरकारीभन्दा हरियो तरकारीको मूल्य अत्यधिक बढेको हो ।

समितिका अनुसार गत चैत ११ गतेयता चमसुरको साग, तोरीको साग, बकुल्ला, डल्ले च्याउ, हरियो प्याज, सिमी, रायोको साग, स्कुसलगायत हरियो तरकारीको मूल्य अत्यधिक बढेको हो ।

एक महिनाअगाडि प्रतिकेजी ४५ रुपैयाँमा पाइने बकुल्ला अहिले ११० रुपैयाँ पर्ने गरेको छ । त्यस्तै, प्रतिकेजी १२६ रुपैयाँ पर्ने कन्य च्याउ अहिले १८० रुपैयाँ पुगेको छ । डल्ले च्याउ पनि चैत ११ गते प्रतिकेजी २६३ रुपैयाँमा बिक्री भएको थियो । तर, अहिले यो च्याउको मूल्य प्रतिकेजी ३७५ रुपैयाँमा पुगेको छ ।