TRENDING

विश्वमा कोरोना संक्रमणको तेस्रो लहर शुरु ,सचेत रहन डब्लुएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको जनाएको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा डब्लुएचओका निर्देशक टेड्रोस एदानोम गेब्रासिसले विश्वमा कोरोना तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको बताएका हुन् ।

संसारका १ सय १० भन्दा बढि मुलुकमा डेल्टा प्रजातिको कोरोना भाइरस फैलिएका कारण विश्व तेस्रो लहरको शुरुवाती चरणमा प्रवेश गरीसकेको उनको भनाई छ । डेल्टा भाइरस यस अघिका भाइरस भन्दा निकै संक्रामक रहेको र यो शुरुवातमै १ सय ११ वटा देशमा फैलिसकेको बताइएको छ ।

सामाजिक आवागमनमा वृद्धि र सामाजिक दूरीको नियम पालना नहुँदा डेल्टा भेरिएन्ट फैलिएको डब्लुएचओले जनाएको छ । डेल्टा भेरिएन्ट फैलँदा मृत्यु र संक्रमण संख्यामा वृद्धि भएको जनाइएको छ ।

चारसाता यता विश्वभर डेल्टाको कारण संक्रमण संख्यामा पुनः वृद्धि भएको छ ।