TRENDING

उपत्यकाका प्रजिअहरुको बैठक आज, लकडाउन पहिलेभन्दा कडा पारिने

काठमाडौं । उपत्यकामा लगाइएको लकडाउनको समयावधि सकिन दुई दिन बाँकि हुँदा आज तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोनाको चेन ब्रेक गर्नका लागि पुनः लकडाउन गरिने भएको बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई कडाईका साथ लागु गर्ने निर्णय बैठकले गर्न सक्ने जनाइएको छ । यस अघिको निषेधाज्ञा भन्दा निकै कडाईका साथ लागु हुने अबको निषेधाज्ञाको उल्लंघन गरिएमा दण्ड जरिवाना समेत गरिने भएको छ । नयाँ अध्यादेशको उल्लंघन गर्नेलाई ६ महिना कैद र ३ लाख रुपैंया सम्म जरिवाना तोकिएको छ । यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँडे प्रत्येक पटक रु. १००, मानिसको आवतजावत रोक लगाईको स्थान एवं अवस्थामा हिँडेमा २०० रुपैंया , अनुमति बिना सवारी चलाएमा दुई पाँग्रेको २०० र चारपाँग्रेको ५०० रुपैंया जरीवाना गरिने व्यवस्था उल्लेख छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा अत्यावश्यक सेवामा दिईएको छुटमा समेत थप व्यवस्थित गर्नेगरी निर्णय हुने बताईएको छ । यसरी कडाई गर्दा एक सातामा महामारीको चेन ब्रेक भई धेरै धनजनको क्षति हुनबाट रोक्न सकिने आँकलन रहेको छ ।