TRENDING

नेपाल बैंकसहित बजारमा फेरि थपियो २ करोड ६२ लाख कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड ६२ लाख ६९ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेपाल बैंकसहित तीन कम्पनीको उक्त शेयर सूचीकृत भएको हो । विहीबार नेप्सेमा नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४।२४ कित्ता बोनस तथा ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । त्यस्तै, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको ६ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बुधवार सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस शेयर बापतको १ करोड १७ लाख ४५ हजार ३२० दशमलव ५७ कित्ता शेयर सूचीकृत भएको छ ।