TRENDING

बजारमा फेरि थपियो १० कम्पनीको ७ करोड ३० लाख कित्ता शेयर, कुनको कति ? (सूचीसहित)

काठमाडौं । शेयर बजारमा यस सातामा विभिन्न १० कम्पनीको ७ करोड ३० लाख कित्ता शेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता दुई कम्पनीको आईपीओ, ७ कम्पनीको बोनस शेयर र एक बैंकको शेयर गरि कुल ७ करोड ३० लाख ४८ हजार ५ दशमलव २१ कित्ता शेयर थपिएको हो ।

यो हप्ता महिला लघुवित्तको १० लाख कित्ता र ग्राीन लाइफ हाइड्रोपावर कम्पनीको १ करोड ८० लाख कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।

त्यसैगरि यस साता नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता , हिमालय बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार १९४ कित्ता, ग्लोबल आइएमई बैंकको १४ प्रतिशत बोनस बापतको २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता शेयर सूचीकृत भएको छ ।

यस्तै, यस साता लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस बापतको १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको २.५ प्रतिशत बोनस बराबरको १५ हजार कित्ता, महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १ लाख २१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार यस साता नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर तथा २२ हजार ८२९ कित्ता हकप्रद शेयर र सेन्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर बजारमा थपिएको हो ।

कुनको कति ?

शेयर सूचीकृत