TRENDING

नेप्सेमा १ करोड ८० लाख कित्ता शेयर सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सोमवार सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ९९ दशमलव ६७ रुपैयाँ देखि २९९ दशमलव शून्य १ रुपैयाँसम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने २ जनाले थप ११ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।

शेयर सूचीकृत