TRENDING

फेरि थपियो बजारमा ७ करोड ६२ लाख कित्ता शेयर, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ७ करोड ६२ लाख कित्ता शेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा आधा दर्जन वाण्ज्यि बैंक, एक लघुवित्त वित्तिय कम्पनी र एक जलविद्युत कम्पनीको ७ करोड ६२ लाख ३७ हजार ९६१ दशमलव ४६ कित्ता शेयर सूचीकृत भएको हो ।

यस साता नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक, माछापुच्छ्े बैंक र लक्ष्मी बैंक, छिमेक लघुवित्त र अरुण कावेली पावर कम्पनीको उक्त शेयर सूचीकृत भएको हो ।

जसमध्ये इन्भेष्टमेन्छ बैंकको १२ लाख कित्ता शेयर सूचीकृत भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्दाको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । ।

त्यस्तै, नबिल बैंकको ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बोनस शेयर, एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता बोनस शेयर, ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३.४४ कित्ता, माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता र लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यसैगरि अरुण कावेली पावरको ८ लाख ५६ हजार ५ सय कित्ता र छिमेक लघुवित्तको ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत