TRENDING

डिम्याट खातामा आइपुग्यो ग्रीन लाइफको आईपिओ : यस्तो छ ओपन रेञ्जको संकेत ! कारोबार कहिलेदेखि ?

काठमाडौं । माघ २३ गतेदेखि २७ गतेसम्म निष्कासन भएको ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । उक्त आईपीओ जीएलएच स्टक संकेतबाट डिम्याट खातामा आएको हो ।

कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको बताइएको छ । कम्पनीको शेयर सम्भबतः आगामी आइतवारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारका लागि ९९ दशमलव ६७ रुपैयाँ देखि २९९ रुपैयाँसम्म ओपन रेञ्ज पाउने सम्भावना रहेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।