TRENDING

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०७७/११/२६

 

नेत्रावती डवजोङ गाउँपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालद्वारा सञ्चालन हुने “कृषि तथा पशुवस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” कार्यक्रमका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्यकता सम्वन्धी विवरणः
क) पदः कार्यक्रम संयोजक
पद संख्याः १ (एक) जना
न्युनतम योग्यतार कार्यानुभवः

    •  कृषि/भेटेनरी, समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभव भएको ।
    •  योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
    •  सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
    • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
    • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
    •  स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
    • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
    •  कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुुपर्नेछ ।

ख) पद : प्रविधिक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :

  •  भेटनरी विषयमा जे.टि. (JT) उत्तिर्ण गरी कम्तीमा १ वर्षको वा भि.जे.टि.ए. (V-JTA) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  •  कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  •  स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  •  कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • प्राविधिक परियोजना क्षेत्रमा (field based) बस्नुपर्नेछ ।

ग) पद : लेखापाल
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :

  • वाणिज्य शास्त्रमां १२ कक्षा उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
  •  कम्प्युटर सम्वन्धी दक्षता भएको । लेखा सफ्टवेर सम्वन्धी अनुभवी ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  •  स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको ।
  •  बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
  •  नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासँग समन्वय र सम्पर्क राख्न सक्ने ।

 घ) पद: सामुदायीक सहजकर्ता
पद संख्या : ५ जना (प्रत्येक वडामा १ जना)
न्युनतम योग्यता :

  •  १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रृंखलामा कार्यानुभव भएको ।
  • स्वाभलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
  •  स्वतन्त्र रुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
  •  महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
  •  कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
  •  नेत्रावती डवजोङ गाउँपालिकाको तोकिएको वडामा स्थायी बसोवास भएको हुनुपर्ने ।

२. सेवा सुविधा :  परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति :  २०७७/१२/११ कार्यालय समय भित्र ।
४. परिक्षाको किसिम :  लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
५. आवश्यक कागजातहरु :  कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

नोट :  प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालमा रहने छ ।

 

 

एकिकृत सामुदायिकविकास अभियान (ICDC) नेपाल
नीलकण्ठ नगरपालिका–८ बगैचा, धादिङवेशी, धादिङ
इमेल : [email protected] फोन नं. ०१०–५२०५८१

 

 

Notice for Vacancy Announcement- ICDC

ICDC