TRENDING

कर्मचारीहरुलाई तीन दिन बिदा दिने निर्णय !

गोरखा । नयाँ वर्ष २०७८ को अवसरमा कर्मचारीहरुलाई थप तीन दिन भ्रमण बिदा दिने निर्णय भएको छ ।

गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरूलाई थप तीन दिन भ्रमण बिदा दिने भएको हो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन दिने भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ वर्षमा कर्मचारीहरुलाई गाउँपालिकाका विभिन्न क्षेत्रमा भ्रमण गर्नका लागि बिदा दिएको बताउनुभयो ।

भ्रमणमा जाने कर्मचारीले भ्रमण पश्चात फर्किएर तस्वीर सहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै उक्त बिदा स्वीकृति हुने गाउँपालिकाले जनाएको छ ।कर्मचारीहरूलाई गाउँपालिकाको बारेमा बुझ्न पनि सजिलो हुने र सरुवा भएर अन्यत्र गएपछि गाउँपालिकाको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार हुने गाउँपालिकाको विश्वास रहेको छ ।

यसअघि संघीय सरकाले पनि कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिने प्रस्ताव राखेको थियो तर यसबारे कुनै पनि निर्णय भएको छैन ।