TRENDING

बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा

गोरखा । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाक स्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटना स्थल तर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उहाँको भनाइ छ ।