काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किम अन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ ।
बुढाथोकीले विगत ४ वर्ष देखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरेका हुन् । सो अवसरमा नेपाल ल्युब आयलका डिलर इनचार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।
गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता ब्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयल लिमिटेडले क्लब स्किम अन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ ।
एभ ट्रेडिङले विगत ८ वर्ष देखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल लिमिटेड अन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको समेत बताइएको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।
अटोबाट थप समाचार
आयात प्रतिबन्धले अधिकांश गाडीका सब-डिलर बन्द, ऋण लिएर तलब खुवाइँदै
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद
तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
नेपाली बास्केटबल टोली चीन जाने
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८