लमजुङ । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड निर्माण कार्यले तीव्रगति लिन थालेको छ । विसं २०७२ देखि निर्माण थालनी भएको यस सडकखण्डअन्तर्गत लमजुङ खण्डमा साढे ४८ किलोमिटर पर्छ ।
यस सडकले जिल्लाको राइनास नगरपालिका स्थित लमजुङ र गोरखाको सिमाना चपेनदी देखि सुन्दर बजार नगरपालिका हुँदै मध्यनेपाल नगरपालिका सम्म ओगटेको छ । लोकमार्ग सडकको हाल सम्म ५० प्रतिशत काम सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार हालसम्म जिल्लामा साढे ३७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । सम्पन्न सडकमध्ये साढे १४ किलोमिटर मात्र हालसम्म कालोपत्रे सम्पन्न भएको छ । चेपेनदी पाउँदीसम्म ११ किलोमिटर र रातोमाटो किरेन्चेखण्डको साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाको वडा नं ७ देखि वडा नं ५ सम्म पर्ने पाउँदीदेखि किरेन्चे सम्मको आठ किलोमिटर विवादका कारण काम हुन सकेको थिएन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ लगायतको टोलीले सो नगरका प्रमुख, जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसहित अन्यपक्षसँग सहमति गरेर लोकमार्गको काम अघि बढाउन थालेको छ । सोहीअनुसार हालै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेको प्रमुख गुरुङको भनाइ छ । त्यस्तै, किरेन्चे देखि रातोमाटो सम्मको १६ किलोमिटर खण्डमध्ये साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यस भागमा नाली निर्माण, कालोपत्रे गर्नका लागि बेस राख्नेलगायत काम भइरहेको छ ।
हाल सम्म यस भागका भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इञ्जिनीयर बबिता शर्माले बताउनुभयो । उहाँका अनुसार सोही रातोमाटोदेखि मिदिम खोला सम्मको सात किलोमिटरको भागमा निर्माण कार्य अघि बढिरहेको छ । यस भागको चार किलोमिटरमा काम भइरहे पनि तीन किलोमिटरमा भने करिब सात वर्षदेखिको विवादित बन्दै आए पनि अब भने काम अघि बढ्ने तयारी भएको बताइएको छ ।
पाउँदी देखि किरेन्चेको आठ किलोमिटर र रातोमाटोदेखि मिदिमखोलाको तीन किलोमिटर गरी ११ किलोमिटरमा लामो समयदे खि विवादित थियो । कोभिड–१९ का कारण बिजुलीको पोल विस्थापनमा ढिलाइ, ठेक्का सम्झौतामा ढिलाइ र स्थानीयको अवरोधका कारण लक्ष्यअनुसार सडक निर्माणले गति लिन नसकेको र अब भने निर्माणले गति लिने मध्यपहाडी लोकमार्गका आयोजना गोरखाका इञ्जिनीयर शर्माले विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा चालु आवभित्र ३० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको उक्त कार्यालयले जनाएको छ ।लक्ष्य अनुसार कालोपत्रे भएमा चालु आवसम्म साढे ४४ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनेछ । त्यस्तै, चार किलोमिटर भने कालोपत्रे हुन बाँकी हुनेछ । यी हाल ठेक्का लागेर काम भइरहेको किरेन्चे देखि रातोमाटो सम्मका लागि रु ३५ करोड ८८ लाख ३ हजार ४४१ बजेट विनियोजन भएर काम अघि बढेको इञ्जिनीयर शर्माको भनाइ छ ।
त्यस्तै उहाँका अनुसार रातोमाटोदेखि मिदिम खोला सम्मका लागि रु १५ करोड २९ लाख १८ हजार ७०४ रहेको र यी दुबै सडकको काम स्वच्छङ्ग शङ्कर मालिक खानीदेवी निर्माण व्यवसायीले गरिरहेको छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने
आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८