TRENDING
होमपेज
नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो ।
बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसक्नुभएको छ ।
केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लाग्नुभएको हो । यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसक्नुभएको छ । खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहनुभएको छ । टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् ।
खेलकुदबाट थप समाचार
आईपीएल क्रिकेटमा हैदराबादले दिल्लीलाई ६७ रनले हरायो
बैशाख ९, २०८१
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१
एसीसी प्रिमियर कप क्रिकेट, आज नेपालले मलेसियासँग खेल्दै
चैत्र ३०, २०८०
डेढ किलो सुन सहित १ करोड रुपैयाँ बरामद
बैशाख १४, २०८१
तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्
बैशाख १४, २०८१
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
बैशाख १३, २०८१
नेपाली बास्केटबल टोली चीन जाने
बैशाख १३, २०८१
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
बैशाख १३, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८