TRENDING

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा : युनाइटेड र बर्नमाउथले बराबरी खेले

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको हो । सिटीको ३२ खेलमा ७३ अङ्क छ । एक खेल कम खेलेको आर्सनल ७१ अङ्कसहित दोस्रो र ७१ अङ्क नै रहेको लिभरपुल तेस्रो स्थानमा छ ।

अरु खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथ, नटिङघम फरेस्ट र उल्भ्सले २–२ गोलको तथा बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् । ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासलले टोटनहमलाई ४–० गोलले हराएको छ । आज लिभरपुल र क्रिस्टल प्यालेस, वेस्टह्याम र फुलहम तथा आर्सनल र एस्टनभिल्लाबीच खेल हुनेछ ।