TRENDING

एसीसी प्रिमियर कप क्रिकेट, आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो । समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो ।

एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।