TRENDING

बहराइनका राजकुमार फर्किए लगत्तै, कुवेतका राजकुमार सहितको टोली नेपालमा

काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । राजकुमार सहितको १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । बहराइनका राजकुमार नेपाल आएर फर्किए लगत्तै कतारका राजकुमार पनि नेपाल आएका हुन् ।

आरोहण व्यवस्थापक हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल नेपालको शान बनेको छ । उक्त टोली हिमाल आरोहणका लागि दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।

‘अहिले आरोहणको लागि डोरी फिक्सिङको काम भइरहको छ । यदि मौसमले साथ दिएमा राजकुमार सहितको टोली दुई हप्ताभित्र आरोहण सकाएर काठमाडौं फर्किने छन् ’ हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक पौडेलले बताउनुभयो ।

सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

अहिले हिमाल आरोहणको सिजन हो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो ।

 

पर्यटन