कास्की । गण्डकी प्रदेशमा दुई सय ३८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण देखिएको छ ।
सबैभन्दा धेरै कास्कीमा १ सय ३८ जना स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा स्वास्थ्य क्षेत्र नै प्रभावित हुन थालेको छ । प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवार शर्माका अनुसार प्रदेशको सदरमुकाम कास्कीमा धेरै जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुनुभएको छ ।
गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समेत सङ्क्रमित हुँदा समुदाय स्तरमा सङ्क्रमणको पहिचान गर्न समस्या हुन थालेको शर्मा बताउनुहुन्छ ।
लमजुङमा २० जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका छन् । बागलुङमा १९ जना सङ्क्रमित हुँदा स्वास्थ्य सेवा प्रभावित वनेको बढिगाड गाउँपालिकाका प्रशासकीय अधिकृत वालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका २० जना चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित भएका अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।
स्रोतका अनुसार कोभिड उपचारमा खटिएका एक चिकित्सक सहित संक्रमित सबैजसो होम आइसोलेसनमा छन्। उनीहरू उपचारमा खटिन आउन नसक्दा बिरामीहरूको सेवा प्रभावित भएको निर्देशक डा खड्काले बताउनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८