काठमाडौँ । निलो रंगको अक्सिजन सिलिण्डरमा फोटो सहितको स्टिकर टाँसिएको फोटो सामाजिक संजालमा भाइरल भएको छ । वन तथा वातावरण मन्त्रि प्रेम बहादुर आलेको फोटो सहितको स्टिकर टाँसिएको सो सिलिण्डर वितरण पश्चात् व्यापक आलोचना समेत भएको छ । कतिपयले उक्त सिलिण्डर विदेशी अनुदान भएको समेत सामाजिक संजालमा बताएका छन् । यसैबिच वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नो परिवारको पेट काटेर गरेको सहयोग व्यक्तिगत भएको बताउनुभएको छ । जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको आलेले स्पष्ट गर्नुभयो ।
सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ ।” महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भन्नुभयो, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसक्नुभएको बताइएको छ । यद्यपी वितरण गरिएको सामानमा फोटो सहितको स्टिकर आफुले टाँस्न लगाएको र सो बारेमा मन्त्री आलेलाई कुनै पनि जानकारी नभएको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले बताउनभयो । ‘यी सामग्री कसले सहयोग गरेको रहेछ भनेर जनताले थाहा पाउन् भनेर सानो स्टिकर बनाएर टाँसेको हो । त्यो कुरा मन्त्रीज्यूलाई जानकारी पनि थिएन । त्यसको जिम्मा म लिन्छु ।’ रेग्मीको भनाई छ ।
व्यक्तिगत खर्च गरेर जुटाए पनि विपतको बेला राहत तथा सहयोग सामग्रीलाई यसरी प्रचारको रुपमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् । भारतको उदाहरण हेर्ने हो भने त्यसरी प्रचार गरेमा अपराध गरेसरह कारबाही गर्ने आदेश अदालतबाट भएको छ । नेपालमा भने यस अघि सांसदहरु हिरा केसी र गंगा चौधरीले पनि नीलो रंगका अक्सिजन सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा जुटाएको भन्दै गृहजिल्ला पुर्याएका थिए भने मन्त्रि आलेद्धारा फोटो सहितको स्टिकर टाँसेरै वितरण गरिएको छ । यसरी आफुले व्यक्तिगत रुपमा गरेको सहयोगमा आलोचना गरिएतापनि आफुलाई कुनै फरक नपर्ने समेत मन्त्रि आलेको भनाई छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८