गोरखा । गोरखाको आरुघाट क्षेत्रबाट सोमबार सालकको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ९ स्थित आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेललले जानकारी दिनुभयो ।
स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उक्त सामुदायिक वन क्षेत्र सालकको राम्रो बासस्थान क्षेत्र भएकाले सो क्षेत्रमा लगेर छोडिएको उहाँको भनाइ छ ।
गोरखा नगरपालिका क्षेत्रमा यसअघि पनि पटकपटक सालक भेटिएको भए पनि आरुघाट क्षेत्रमा पहिलोपटक फेला परेको वन कार्यालयले जनाएको छ । सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा पर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
इडिभीको नतिजा प्रकाशित
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८