

बागलुङ । १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ जनाले जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दिएका छन् ।
सहकारी पीडितले सरकारी वकिलको कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ताका बेला पीडितले बुझाएका फाइल र प्रहरीले बरामद गरेको जिन्सी सामान बुझ्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि भागेका नेपाली दुई महिना पुग्न लाग्दा पनि सम्पर्कमा नआएको, प्रहरीले पनि अहिलेसम्म पक्राउ गर्न नसकेपछि पीडितहरू सहकारी ठगी मुद्दा लिएर अदालत पुगेका हुन् ।
‘यो मुद्दापछि पक्राउ पुर्जी जारी हुने आस गरेका छौं,’ पीडितमध्येका डिलबहादुर कार्कीले भने, ‘जहाँ भए पनि खोजेर ल्याउने र जायजेथा बेचेर भए पनि हामीहरूको पैसा फिर्ता गरिनुपर्छ ।’ पीडितले यस अघि प्रहरीमा जाहेरी पनि दिएका थिए ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७