गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका छ, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक/एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा १०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ४८७ जना रहेका छन् । कोरोना सङ्क्रमणका कारण हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १९२ पुगेको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या ९५२ रहेको निर्देशनालयले जनाएको छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८