TRENDING

केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अरु बाँकी भागमा भने मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज लुम्बिनी प्रदेशसहित तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । देशैभर गर्मी बढ्दो क्रममा रहेको र आवश्यक सावधानी अपनाउन मौसमविद्को सल्लाह छ ।