TRENDING

पहाडी क्षेत्रमा मौसम सामान्य बदली, केहि ठाउँमा दिउँसोपछि हावाहुरीको सम्भावना

काठमाण्डौ । अहिले लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा मौसम सामान्य बदली छ । बाँकी ठाउँमा मौसम सफा नै छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू –भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।त्यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हुरीबतासको सम्भावना छ ।

ती क्षेत्रमा सर्तकता अपनाउन मौसमविद्को आग्रह छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै र बाँकी पहाडी एक–दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।