TRENDING

घोडाघोडीमा दिदी बहिनी मृत फेला

काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिका–१० मा दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले बताए ।
घरको दोस्रो तलामा आफू सुत्ने कोठामा दोपट्टाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।