TRENDING

तोलामा ४ सयले घटयो सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सयले घटेको हो ।

सोमबार तोलामा १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजावी सुन सोमबार तोलामा १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।