TRENDING

अझै दुई तीन दिन देशैभर मौसम सफा हुने सम्भावना

काठमाडौं । अझै दुईरतीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई(तीन दिनसम्म देशैभर नै मौसम सफा हुन देखिन्न ।’

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।

गएराति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा पन भएको मौसमविद कँडेलले जानकारी दिइन् । यसैगरी चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, बागमती र गण्डकीमा एकरदुई दिनदेखि नै वर्षाको गतिविधि बढिरहेको बताउँदै मौसमविद कँडेलले काठमाडौं उपत्यकामा आज राम्रोसँग घाम नलाग्ने बताइन् । ‘काठमाडौंमा आज पनि राम्रोसँग घाम लाग्दैन । पानी पर्ने, रोकिने, फेरि पानी पर्ने क्रम जारी रहन्छ,’ उनले भनिन् ।