TRENDING

वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

हाल कोसी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।