TRENDING

टी २० क्रिकेटमा नेपाल र आयरल्यान्ड आमने सामने

काठमाडौ । नेपाली टी २० क्रिकेट टोलीले सोमबार आएरल्यान्डको टिमसँग प्रतिस्पर्धा गर्दैछ। दुई वटा टी २० अभ्यास खेल खेल्न लागेका आयरल्यान्ड ए र नेपालबीच पहिलो प्रतिस्पर्धा आज हुन लागेको हो।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले आएयरल्यान्डसँग खेल भोलि मंगलबार खेल्नेछ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने आयरल्यान्डका कप्तान निल रक रहेका छन्। आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ जना खेलाडी यस टोलीमा समावेश छन्।