TRENDING

निर्वाचनका लागि आजखदेखि रुसमा राष्ट्रपतीय मतदान सुरु

एजेन्सी । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ । आजबाट तीन दिन अर्थात आइतबारसम्म मतदान हुनेछ । तर भरोसायोग्य प्रतिपक्षको अभावबिच यो निर्वाचन औपचारिक मात्र हुनेछ । निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ पटक जित्ने सम्भावना छ ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसको सबैभन्दा पूर्वी क्षेत्र कामचटका प्रायद्वीपमा शुक्रबार बिहान स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको छ । यसअघि राष्ट्रपति पुटिनले बिहीबार रुसी मतदातालाई देशका लागि यो कठिन समयमा आफूलाई मतदान गर्न अपिल गरेका थिए । पुटिनले यो चुनाव जिते भने उनी सन् २०३० सम्म यो पदमा रहनेछन् ।

सन् २००८ देखि सन् २०१२ बिचको प्रधानमन्त्रीको रूपमा चार वर्षको कार्यकाल छाड्ने हो भने भ्लादिमिर पुटिन सन् २००० को मे देखि रुसको राष्ट्रपति छन् । यसैबिच युक्रेनले रुसको चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा घातक हमला गर्न थालेको छ । रुसी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई भने मतदानको क्रममा प्रदर्शन गर्दा नराम्रो परिणामहरू आउने सक्ने चेतावनी दिएका छन् ।